समाचारशुक्रबार, साउन ८, २०७२
सभाध्यक्षले राष्ट्रपतिलाई भने, “सुझाव संकलन ऐतिहासिक सफलता”
राष्ट्रपति रामवरण यादवलाई संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले ऐतिहासिक रुपमा सुझाव संकलन कार्य सकिएको बताएका छन् ।
नियमित भेटघाटका क्रममा नेम्वाङले राष्ट्रपति यादवलाई सुझाव संकलन कार्यमा अत्यधिक सहभागिता भएको जानकारी गराए । “छिटफुट घटनाबाहेक जनताको सुझाव संकलन कार्यमा उत्साहजनक सहभागिता रह्यो”, नेम्वाङले भने ।
सुझाव संकलन कार्यमा ३३ हजार बढी सुझाव आएको नेम्वाङले जानकारी गराएका थिए । नेम्वाङको जानकारीपछि राष्ट्रपति यादवले खुशी व्यक्त गरेका थिए ।
