समाचारशनिबार, साउन ९, २०७२

प्रत्यक्ष निर्वाचित कार्यकारीको अजेण्डा एमालेमा फेरि उठाइने

हिमालखबर

नेपाली कांग्रेससँग नौ बुँदे सहमतिमार्फत नेकपा एमालेले छोडेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अजेण्डाबारे फेरि छलफल हुने भएको छ ।

१० साउनबाट शुरु हुने केन्द्रीय कमिटी बैठकमा यसबारे छलफल हुने भएको हो । धेरै जना केन्द्रीय सदस्यहरुले यो विषय बैठकमा उठाउने तयारी गरिरहेका छन् । नयाँ संविधान निर्माणका क्रममा गत बर्ष १७ कात्तिकमा कांग्रेससँग साझा धारणा तय गर्दै यो अजेण्डा एमालेले छोडेको थियो ।

केन्द्रीय सदस्य रामकुमारी झाँक्री भन्छिन्, “चार जना नेताले गरेको सहमति जनताले मान्नैपर्छ भन्ने छैन, त्यसैले जनताको चाहना अनुसार संविधान बन्नुपर्छ ।” संविधानको पहिलो मस्यौदामा सुझाव दिदै धेरै जनताले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको माग गरेकाले एमालेले यो अजेण्डा छोड्न नहुने उनले बताइन् ।

“जनताले संविधान बनाउने भनरै लामो संक्रमण भोग्यौं । दुई–दुई पटक संविधानसभाको निर्वाचन गर्‍यौं । अहिले फेरि ४ जना नेता बसेर जनमत लत्याउन पाइदैन ।”, झाँक्री भन्छिन् । उनी यो विषय केन्द्रीय कमिटीको बैठकमा उठाउने बताउँछिन् ।

अर्का केन्द्रीय सदस्य यज्ञराज सुनुवारले पनि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीबारे केन्द्रीय कमिटी बैठकमा प्रस्ताव लैजाने बताए । पार्टी सचिव योगेश भट्टराई र प्रदिप ज्ञवालीले पनि बैठकमा अजेण्डा हुने सार्वजनिक अभिव्यक्ति दिदै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>