समाचारआइतबार, साउन १०, २०७२
पूर्व युवराज पारस शाह अस्पताल भर्ना
पूर्व युवराज पारस शाह काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
मध्यान्ह १२ बजे अस्पताल पुगेका शाहलाई १२ः४० बजे भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पतालका अनुसार शाहको मुटुले राम्ररी काम गर्न सकेको छैन ।
उनमा मुटुका धमनीले राम्ररी काम नगर्ने लगायतका समस्या देखिएको छ । शाहको मुटुमा ‘पेसमेकर’ राख्ने तयारी भइरहेको छ । शाह मुटुको समस्याका कारण कारण यसअघि पनि अस्पताल भर्ना भएका थिए ।
