समाचारसोमबार, साउन ११, २०७२
धैर्य गर्नुस् हिन्दू धर्मको विजय हुन्छः मन्त्री निधि
भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले हिन्दूहरूको बाहुल्यता रहेको नेपालमा हिन्दू राज्य स्थापना हुनुपर्ने बताएका छन् ।
भक्तपुरको सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आयोजित श्रीमद्भागवत् ज्ञान महायज्ञको उद्घाटन गर्दै मन्त्री निधिले भने, “तपाइँहरू धैर्य गर्नुस्, हिन्दू धर्मको विजय हुनेछ ।”
हिमाल, पहाड, तराई, मधेश सबै क्षेत्रका जनताको आस्था र चाहना हिन्दू धर्मप्रति रहेको चर्चा गर्दै उनले भने, “म हिन्दू हुँ, हिन्दू हुनुमा मलाई गर्व छ, त्यसैले हिन्दू धर्मको रक्षाका लागि मेरो पनि योगदान रहनेछ ।”
