समाचारमंगलबार, साउन १२, २०७२

विगतको सहमति कार्यान्वयनपछि वार्ताः यादव

हिमालखबर

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जबर्जस्ती लाद्न खोजिएको अधुरो संविधान मान्य नहुने बताएका छन् ।

विराटनगरस्थित आफ्नै निवासमा आज आयोजित पत्रकार भेटघाटमा उनले सदियौँदेखि पहिचान नपाएका मधेसी, आदिवासी जनजाति, दलित, महिला र सीमान्तकृत वर्गलाई अधिकारबाट वञ्चित गरेर ल्याउन लागिएको संविधान मान्य नहुने बताए ।

उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा आफ्नो पार्टीले विगतमा सुझाव दिएको बताए । “विगतमा मधेसी, आदिवासीलगायतसँग गरेका सम्झौता कार्यान्वयन गरेपछि मात्र चार दलसँग वार्ताको औचित्य हुन्छ”, यादवले भने, “ती सहमति र सम्झौतालाई उल्टाउनका लागि वार्ता गरिदैन ।”

अध्यक्ष यादवले संविधानसभाको अधिकारलाई कटौती गरिएको बताए । संविधानसभाबाट राजीनामा गर्ने सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले संविधानसभामा कडा रुपमा प्रस्तुत हुने बताए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>