समाचारमंगलबार, साउन १२, २०७२

हिन्दू समर्थक र प्रहरीबीच झडप हुँदा दर्जन बढी घाइते

हिमालखबर

हिन्दू राज्य माग गर्दै धर्मगुरुसहित प्रदर्शनमा उत्रिएका हिन्दू समर्थक र प्रहरीबीच इटहरीमा झडप हुँदा दर्जन बढी घाइते भएका छन् ।

धर्मगुरु श्रीनिवासाचार्यलाई प्रहरीले नियन्त्रणमा लिएपछि भएको झडपमा दर्जन प्रदर्शनकारी घाइते भएका हुन् । प्रदर्शनकारी नियन्त्रणमा लिन १२ राउण्ड अश्रुग्याँस प्रहार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका धर्मगुरु रिहाईको माग गर्दै प्रर्दशनकारीले इलाका प्रहरी कार्यालय इटहरी अगाडि प्रदर्शन गरिरहेका छन् । प्रर्दशनकारी र प्रहरीबीच झडप भएपछि अहिले इटहरी चोक तनावग्रस्त छ ।

संविधानमा हिन्दू राज्य लेखिनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएकाहरुले ९ साउनदेखि दैनिक चक्काजाम गर्दै आएका छन् ।

-शेखर ढकाल, इटहरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>