समाचारबुधबार, साउन १३, २०७२

हिन्दुराष्ट्रको माग गर्दै तीन जिल्ला बन्द

हिमालखबर

bandh‘हिन्दुराष्ट्र बचाउ सङ्घर्ष समिति’ ले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने मागसहित गरेको बन्दले नवपलरासी सहित तीन जिल्लाको जनजीवन प्रभावित भएको छ ।

 बन्दले नवलपरासी, चितवन र रुपन्देहीमा बन्दको प्रभाव परेको हो ।

संबिधानमा हिन्दुराष्ट्र कायम गर्नु पर्ने माग गर्दे तीन जिल्ला बन्द गराइँदा त्यसअन्तर्गतको राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको छ भने बजार समेत खुलेको छैन ।

हिन्दुराष्ट्रको माग गर्दै १३ साउन बिहानैदेखि अभियानका कार्यकबर्ता चोकचोकमा भेला भइ नाराबाजी गरेका छन् ।

नवलपरासी जिल्लामा राजमार्ग सँगै बजारहरु समेत बन्द रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

सातजना बन्दकर्ता पक्राउ

चितवन बन्दका क्रममा अत्यावश्यक सवारीका साधन समेत बन्द गराएको भन्दै प्रहरीले  ७ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरीक्षक राजन अधिकारीका अनुसार अक्सिजन ग्यास बोकेको गाडीको चाबी खोसेको भन्दै चौबिसकोठीबाट एक र आँपटारीबाट ६ जनालाई नियन्त्रणमा लिएको हो ।

चाउचाउ बोकेको ट्रकमा आगजनी
नवलपरासीको देवचुली–१५ प्रगतिनगरमा गए राति चाउचाउ लोड गरी रोकिराखेको ट्रकमा एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रंहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालका अनुसार रोकिराखेको ग १ ख ४१११ नम्बरको ट्रकमा राति एक बजे आगो लागेको हो ।

आगो कसरी लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चौधरी ग्राम उद्योगबाट चाउचाउ लिएर पोखरा तर्फ हिडेको ट्रक रोकिराखेको अवस्थामा आगलागी भएको हो ।
विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>