समाचारबुधबार, साउन १३, २०७२

आज विश्व बाघ दिवस, बन्दले कार्यक्रम स्थगित

हिमालखबर

कन्चनपुरको लालझडीमा गत वैशाखमा क्यामरा ट्रयापिङमा बाट खिचिएको बाघको तस्वीर ।

कन्चनपुरको लालझडीमा गत वैशाखमा क्यामरा ट्रयापिङमा बाट खिचिएको बाघको तस्वीर ।

विश्व बाघ दिवसका अवसरमा आज चितवन निकुञ्जले तय गरेको कार्यक्रम बन्दका कारण प्रभावित हुन पुगेको छ ।

दिवसको अवसरमा निकुञ्जले संरक्षणकर्मीलाई सम्मानसहित जनचेतनामूलक कार्यक्रम गर्ने तयारी गरे पनि बन्दका कारण प्रभावित भएको निकुञ्जका प्रवक्ता एवम् सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले बताएका छन् ।

अर्को अनुकुल समयमा कार्यक्रम गरिने उनले जानकारी दिए ।

चितवन निकुञ्जले अघिल्लो वर्ष बाघ संरक्षणमा उल्लेखनीय काम गरेबापत ‘क्याट्स अवार्ड’ समेत पाएको थियो ।

अहिले पर्सा वन्यजन्तु आरक्षको क्षेत्र विस्तार पनि भएको र चोरीसिकार पनि नभएकाले बाघको संरक्षण प्रभावकारी भएको उनको भनाई छ ।

विश्वका १३ देशमा बाघ पाइन्छ । नेपालसहित भारत, बङ्गलादेश, बर्मा, चीन, इन्डोनेसिया, लाओस, कम्बोडिया, म्यानमार, मलेसिया, भियतनाम, थाइल्यान्ड र रसियामा बाघ पाइन्छ ।

त्यसमध्ये चितवन निकुञ्जमा सबैभन्दा राम्रो बाघ संरक्षण रहेको तथ्याङ्कले देखाएको छ ।

विश्वमै अहिले सन् २०२२ सम्ममा २०१० को तथ्याङ्कभन्दा बाघ दोब्बर बनाउने भनेर कार्यक्रम चलिरहेको निकुञ्जले जनाएको छ ।

एक शताब्दीअघि विश्वमा एक लाख पाटेबाघ रहेकामा अहिले झरेर तीन हजार २०० मात्र रहेको विश्व तथ्याङ्क छ ।

सन् २०१३ मा गरिएको अनुगमनमा नेपालमा १९८ पाटेबाघ रहेको पाइएको थियो । त्यसमध्ये चितवन निकुञ्जमा मात्रै १२० बाघ रहेको प्रवक्ता टीकाराम पौडेलले बताए ।

पछिल्लो समयमा चितवन निकुञ्ज क्षेत्रमा बाघको बासस्थान, आहारा प्रजाति र संरक्षण प्रभावकारी भएकाले सङ्ख्यामा पनि वृद्धि भएको अनुमान उनको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>