समाचारबुधबार, साउन १३, २०७२

मधेश केन्द्रित चार दलले संविधानसभाको बैठक बहिष्कार गरे

हिमालखबर

संविधासभाको आज १३ साउनको बैठक पनि चारवटा मधेशकेन्द्रित दलले बहिष्कार गरेका छन् ।

बैठक प्रारम्भ हुनासाथ चारवटा मधेशकेन्द्रित दलका सभासद्ले आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएपछि संविधासभा अध्यक्ष सुवास नेम्वाङले सद्भावना पार्टीका अध्यक्ष लक्ष्मणलाल कर्णलाई बोल्न समय दिए ।

सभासद् कर्णले संविधानसभामा १६ बुँदेदेखि अहिलेसम्म के भइरहेको छ आफूले नबुझेको र केबल चार ठूला पार्टीका नेताको नाटक मञ्चन भइरहेको हुँदा यस्तो नाटक मञ्चनबाट संविधान नबन्ने दाबी गरे ।

उनले संविधान बनाउने हो भने १६ बुँदे सहमति खारेज हुनुपर्ने, सर्वोच्च अदालतको आदेशलाई मान्नुपर्ने अन्यथा यो संविधान निर्माण प्रक्रियामा आफूहरूले भाग नलिने बताए । त्यसलगत्तै उनीसहित तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल र तराई मधेस सभद्भावना पार्टीका १२ सभासद् बैठक कक्षबाट बाहिरिए ।
ती चार दलमा ३४ सभासद् छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>