समाचारशुक्रबार, साउन १५, २०७२
उपेन्द्र यादवले विद्रोहको चेतावनी दिए
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतालाई भ्रममा पारेर संविधान जारी गरिए विद्रोह गर्ने चेतावनी दिएका छन् ।
हेटौडामा आयोजित पत्रकार सम्मेलनमा यादवले पीछडिएका जनतालाई उपेक्षा गरेर जारी हुने संविधान प्रतिगामी भएको बताए । उनले भने, “उत्पीडित समुदायको अधिकारलाई वेवास्ता गर्दै संविधान जारी गर्ने तयारी भइरहेको छ, यसले विद्रोह जन्मन्छ ।”
यादवले अहिलेको मस्यौदाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नै खतरामा परेको बताए । उनले भने, “आदिवासी जनजाती, महिला, श्रमजिवीले अधिकार नपाउने संबिधान जारी गरे बिद्रोह हुन्छ ।”
अशाेकसुजन श्रेष्ठ, हेटाैडा
