समाचारशनिबार, साउन १६, २०७२

मस्यौदामा संशोधन आजै टुंगो लगाइने

हिमालखबर

संविधानको प्रारम्भिक मस्यौदामा नागरिकबाट प्राप्त सुझावलाई समावेश गर्न गठित विशेष समितिले शीर्ष राजनीतिक तहमा छलफल गरेर आजै टुङ्गो लगाउने भएको छ ।

प्रतिवेदनका सुझावलाई वर्गीकरण गरेको संवैधानिक–राजनीतिक संवाद समिति अन्तर्गतको विशेष समितिको बैठकले जनताका कुन कुन सुझावलाई कसरी समेट्ने भन्ने बारे शीर्ष नेतृत्व तहमा छलफल गरी टुंगो लगाउने निर्णय १५ साउनमा गरेको थियो ।
सोही अनुसार शीर्ष नेतृत्व सहभागी संवाद समितिको पूर्ण वैठकमा आज त्यस विषयमा छलफल हुँदैछ ।

दलहरुबीच अहिलेसम्म धर्म निरपेक्षताको सट्टा अर्को शब्द चयन गर्ने, वडाध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट गर्ने सम्बन्धमा मोटामोटी सहमति भएको बुझिएको छ । त्यसैगरी प्रत्यक्ष निर्वाचित कार्यकारीको मागलाई भने नसमेटिने भएको छ ।

जनताबाट प्राप्त थुप्रै सुझावलाई वर्गीकरण गरेर मस्यौदाका विभिन्न खण्डमा समावेश गर्न बनेको कार्यदलले विशेष समितिसमक्ष सुझावसहितको प्रतिवेदन हिजो १५ साउनमै पेस गरिसकेको छ ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलको संयोजकत्वमा उक्त कार्यदल गठन भएको थियो ।

कार्यदलले पेस गरेको प्रतिवेदनमा पुनः छलफल गर्न विशेष समिति बैठक बस्ने र उक्त समितिको सुझावलाई अन्तिम रुप दिन सम्वाद समितिको पूर्ण बैठक पनि आजै बस्ने नेता रावलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>