समाचारआइतबार, साउन १७, २०७२

बोलबम यात्रु सवार जिप सप्तकोसीमा खस्यो, उन्नाइस घाइते

हिमालखबर

बोलबम यात्रु बोकेको जिप सप्तकोसी नदीमा खस्दा जिपमा सवार १९ श्रद्धालु घाइते भएका छन् ।

सुनसरीको चतराबाट बराहक्षेत्र जाँदै गरेको को १ ज १३९ नम्बरको सो जिप बराह क्षेत्र–१ स्थित सडकखण्डबाट सप्तकोसी नदीमा खसेको थियो ।

घाइतेमध्ये १७ जनाको अवस्था गम्भीर रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहेको छ । उनीहरुको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>