समाचारआइतबार, साउन १७, २०७२

दुई प्रतिशतसम्म थ्रेसहोल्ड राख्नुपर्छः पूर्व प्रमुख आयुक्त पोखरेल

हिमालखबर

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले कम्तिमा दुई प्रतिशत ‘थ्रेसहोल्ड’ राख्नुपर्ने बताएका छन् ।

मेरो नेपाल नामक संस्थाले नयाँ संविधानमा निर्वाचनको प्रावधान विषयमा गरेको समीक्षा कार्यक्रममा पोखरेलले पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुँदा निर्वाचनमा देखिने गरेका विकृति समाधान भएर जान सक्ने बताए ।

उनले नेपालमा चुनाव महङ्गो भएकाले जो कोहीले चुनाव लड्न सक्ने अवस्था नभएको भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली वा तीन लाख जनसङ्ख्या हुने गरी ठूलो निर्वाचन क्षेत्र बनाउनुपर्ने तर्क राखे ।

पोखरेलले संविधानमै कहिले निर्वाचन गर्ने भन्ने ‘क्यालेण्डर’ नै राखे आवधिक निर्वाचन सुनिश्चित हुने तर्क गर्दै वडाध्यक्षको प्रत्यक्ष निर्वाचन हुनुपर्ने, गाउँको अध्यक्षमा पालैपालो महिला र पुरुष हुने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>