समाचारसोमबार, साउन १८, २०७२
विशेष समितिको बैठक सुरु
संघीयताको सीमाङ्कनसहित नयाँ संविधान निर्माणका लागि विशेष समितिको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।
संविधानको पहिलो मस्यौदामा जनताले दिएका रायसुझाव समेटी १७ साउनसम्म प्रतिवेदन बुझाउने जिम्मा पाएको समितिले विभाजित विषयमा सहमति जुटाउने कसरत गरिरहेको छ ।
संघीयताको सीमाङ्कन टुङ्गो लगाएर वा गत २५ जेठमा भएको राजनीतिक सहमतिअनुसार संविधान ल्याउने भन्नेमा दलहरुबीच विवाद देखिएको छ । रासस
