समाचारआइतबार, साउन २४, २०७२
मुलुकको हितलाई ध्यानमा राखेर हस्ताक्षर गरेंः गच्छदार
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मुलुकको हितलाई ध्यानमा राख्दै आफूले सहमतिपत्रमा हस्ताक्षर गरेको बताएका छन् ।
२३ साउन मध्यरातमा चार दलबीच भएको ६ प्रदेश (सीमाङ्कन सहित ) बनाउने सहमतिमा हस्ताक्षर गरेका गच्छदारले पार्टीको धारणा फरक रहे पनि चाँडै संविधान निर्माण गरी मुलुकलाई अघि बढाउन आफूले सम्झौता गरेको बताए ।
“सीमाङ्कन लगायत धेरै विषयमा हाम्रा असहमति छन्, ती विषयहरुलाई संविधान निर्माणका थप चरणहरुमा उठाउँछौ, यो नै अन्तिम होइन,” उनले भने ।
