समाचारआइतबार, साउन २४, २०७२

संविधानसभा बैठक ७ बजेलाई सर्‍यो

हिमालखबर

संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिले प्रतिवेदन तयार पार्न ढिलाई गरेपछि संविधानसभाको बैठक साँझ ७ बजे बस्नेगरी स्थगित गरिएको छ ।

सम्वाद समितिले नयाँ संविधानको मस्यौदामा जनताबाट आएको सुझाव समेटेर एकीकृत प्रतिवेदन तयार पार्दैछ ।

एक साता बढी समय खर्चेर शीर्ष नेताहरुले ६ प्रदेशको संघीयतासहित मस्यौदा परिमाजर्न गरेपछि सम्वाद समितिले प्रतिवेदन तयार पारिरहेको समितिका सभापति बाबुराम भट्टराईले बताए । यसअघि, ५ बजे संविधानसभाको बैठक राखिएको थियो ।

कपिल भट्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>