समाचारसोमबार, साउन २५, २०७२

राजेश्वर देवकोटाको निधन

हिमालखबर

पूर्व मन्त्री एवम् बरिष्ठ राजनीतिज्ञ राजेश्वर देवकोटाको निधन भएको छ ।

काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा केही साताअघि भर्ना भएका देवकोटाको आज विहान निधन भएको हो । २०६२ सम्म राप्रपा नेपालमा आवद्ध नेता देवकोटा पछिल्लो समय निष्कृय थिए ।

जयतु संस्कृत आन्दोलनबाट राजनीति थालेका देवकोटा पञ्चायत कालमा पञ्चायत सदस्य, मन्त्री र राष्ट्रिय पञ्चायत अध्यक्ष भएका थिए । उनी राजनीति बाहेक साहित्य क्षेत्रमा पनि सक्रिय थिए । उनको अन्त्येष्टी पशुपति आर्यघाटमा आजै गरिने उनको परिवारले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>