समाचारसोमबार, साउन २५, २०७२
बन्दकर्ताद्वारा तोडफोड
हिन्दू राष्ट्र माग गर्दै आन्दोलनमा उत्रिएका हिन्दूराष्ट्र संघर्ष समितिले पर्सामा तोडफोड गरेका छन् ।
बन्दकर्ताले पर्सामा ना ३ ख ७५३८ र ना २ ख ६४३० नम्बरका ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । बन्द आह्वानलाई अवज्ञा गरेको भन्दै बन्दकर्ताले तोडफोड गरेका हुन् ।
बन्दकर्ताले पर्सा बन्द आह्वान गरेपछि त्यहाको जनजीवन प्रभावित भएको छ ।
बन्दकर्ताले वीरगन्जमा पसल, उद्योग, शैक्षिक संस्था बन्द गराएका छन् भने वीरगन्जबाट मुलुकको विभिन्न स्थानका लागि सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएपछि जिल्लाको जनजीवन प्रभावित भएको हो ।
बन्दकर्ता बिहानैदेखि वीरगन्जको घन्टाघर, नगवा, प्रतिमा चोक, छपकैया, मर्ली चोकलगायतका स्थानमा टायर बाली प्रदर्शन गरिरहेका छन् ।
