समाचारसोमबार, साउन २५, २०७२

नवलपरासी टुक्रिदा कतै खुशी, कतै विरोध

हिमालखबर

सीमाकंनसहित ६ प्रदेश निर्धारण गरिएपछि नवलपरासी टुक्रिएको भन्दै नवलपुर क्षेत्रमा खुशीयाली मनाइएको छ ।

नवलपुर क्षेत्रका २७ गाविस प्रदेश नम्बर ४ मा परेपछि उनीहरुले खुशीयाली मनाएका हुन् । नवलपरासीका पूर्व जिविस सदस्य दुर्गादत्त भण्डारीले भने, “पञ्चायतदेखि नै नबलपुर छुट्टै जिल्ला बन्नुपर्ने माग थियो, अहिले कार्यान्वयन भयो ।” उनले दाउन्ने पश्चिमले नवलपुर छुट्टिदा विरोध गर्नुको अर्थ नभएको बताए ।

भण्डारीले भने, “नवलपुरबासीले दिपावली गरी यो निर्णयलाई स्वागत गरेका छन् ।”

उता, परासी क्षेत्रमा भने अखण्ड नवलपरासीको माग गर्दै बन्दको आह्वान गरिएको छ । उनीहरुले अखण्ड नवलपरासीको माग गर्दै २३ साउनदेखि आन्दोलन थालेका छन् ।

-विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>