समाचारसोमबार, साउन २५, २०७२
अखण्ड मध्यपश्चिमलाई प्रकाश ज्वालाको समर्थन
नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य प्रकाश ज्वालाले अखण्ड मध्यपश्चिमको पक्षमा समर्थन जनाएका छन् ।
उनले प्रेस विज्ञप्ती जारी गर्दै अखण्ड मध्यपश्चिमका लागि हुने आन्दोलन, दबाव र अभियानमा साथ दिने जनाएका छन् । विशेष समितिले सल्यान, राप्ती र मध्यपश्चिमका हकमा प्रदेश सीमाकंन गर्दा जनताको सुविधा र व्यवहारिक दुष्टिकोणले उचित नभएको उनले उल्लेख गरेका छन् ।
ज्वालाले मध्यपश्चिम एक प्रदेश हुनुपर्ने र राप्ती टुक्रिन नहुने जनाएका छन् ।
