समाचारसोमबार, साउन २५, २०७२
१४ जिल्लाको प्रदेश ठूलो भयोः लिम्बुवान
अरुण पूर्वका नौ जिल्ला लिम्बुवान राज्य हुनुपर्ने माग गर्दै आएको लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेनले प्रस्ताबित एक नम्बर प्रदेश ठूलो भएको बताएका छन् ।
२५ साउन दिँउसो झापाको दमकमा पत्रकारहरुसँग उनले भने, “हामीलाई १४ जिल्ला धेर भयो, पाँच जिल्ला फिर्ता लैजाऊ ।” उनले ऐतिहासिक पृष्ठभुमीका आधारमा अरुण कोशी पूर्वका नौ जिल्ला लिम्बुवान राज्य नबनेसम्म आन्दोलन जारी राख्ने बताए ।
लिङ्देनले विशेष समितिले हचुवा शैलीमा सीमाकंन गरेको बताए । उनले चार ठुला राजनीतिक दलहरुको अक्षमताले देशमा धार्मिक द्वन्द्व निम्तने खतरा देखिएको बताए ।
-गोपाल गडतौला,झापा
