समाचारसोमबार, साउन २५, २०७२
प्यूठान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो
प्यूठानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ भने ३० जना घाइते छन् ।
उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ भने अन्यको दुर्घटनास्थल र बाटोमा मृत्यु भएको थियो ।
प्यूठान नगरपालिका–१५ का ३२ वर्षीया माया केसी, तोरवाङ–५ निवासी नरेन्द्र जीसी, सवारी चालक तोरवाङ–६ का दानबहादुर पोख्रेल, निर्धन उत्थान बैंकमा कार्यरत दाङ गढवाकी सिता पण्डित रहेका छन् । थप दुई जनाको सनाखत हुन सकेको छैन् ।
यस्तै उपचारको क्रममा प्यूठान नगरपालिका–२ खलंगाका ३१ वर्षीय सन्देश सुनार, कपिलबस्तु सिरुगढी–४ का १७ वर्षीय लंकबहादुर राहु मगर र एक जना महिला रहेको स्वर्गद्धारी लाईफ केयर हस्पिटल बाग्दुलाले जनाएको छ ।
-विजयसिंह भारती, प्यूठान

