समाचारसोमबार, साउन २५, २०७२
मधेश केन्द्रित चार दलले थारु आन्दोलनलाई समर्थन गर्ने
मधेश केन्द्रित चार दलले सीमाकंनसहितको ६ प्रदेशको बिरोधमा निकालेको थारु आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको छ ।
संघीय समाजवादी फोरम नेपालको केन्द्रिय कार्यालयमा बसेको बैठकले विशेष समितिले मधेशी, आदिवासी जनजाति, थारुलगायतलाई अन्याय गरेको भन्दै थारु आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको हो । मोर्चाको बैठकले विगतको सहमति बिपरीत नयाँ संविधानको मस्यौदा तयार पारिएको निष्कर्ष निकालेको छ ।
मोर्चामा संघीय समाजवादी फोरम नेपाल, तराई–मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई–मधेश सद्भावना पार्टी नेपाल छन् ।
