समाचारसोमबार, साउन २५, २०७२

बोलबम यात्री चढेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

हिमालखबर

बोलबम यात्री चढेको ज १ ख ५२९ नम्बरको बस बर्दिवास–५ स्थित भोगटे पुलमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

२५ साउन साँझ भएको दुर्घटनामा एक महिला र पाँच पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए । बर्दिबासस्थित जनसेवा र होप अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी ३० घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको बर्दिबासस्थित होप, जनसेवा र बर्दिबास अस्पतालमा उपचार भइरहेको छ ।

बस अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुमान छ । उनीहरु सिन्धुलीस्थित लङ्गुरखोलामा रहेको महादेवको दर्शन गरी महोत्तरी फर्कँदै थिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>