समाचारमंगलबार, साउन २६, २०७२

बर्दिवासमा मृत्यु हुनेको सङ्ख्या ८, चारको सनाखत

हिमालखबर

Accidentमहोत्तरीको बर्दिवासमा २५ साउन साँझ बोलबम तिर्थ यात्रु चढेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । मृतकमध्ये चार जनाको सनाखत भएको छ ।

सनाखत भएकामा महोत्तरीको एरहिया–३ बस्ने मनोज साह, जगदीश साह, मटिहानी–५ बस्ने विवेक मण्डल र धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–५ बस्ने हरि साह हलुवाई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सिन्धुली जिल्लाको लङ्गुरखोला महादेवलाई दर्शन गरी फर्किरहेको बोलबम यात्रु बोकेको ज१ख ५२९ नम्बरको बस बर्दिवास नगरपालिका–५ स्थित भोगटे पुलमा पल्टिँदा सोमबार साँझसम्म ६ जनाको मृत्यु भएको र बर्दिवासस्थित जनसेवा अस्पतालमा राति उपचारको क्रममा थप दुई जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

उक्त दुर्घटनामा ७० जना घाइते भएका छन् । घाइतेमध्ये ६९ जनाको उपचार बर्दिवासस्थित जनसेवा, होप, शुभ स्वस्तिक र बर्दिवास अस्पतालमा उपचार भइरहेको छ भने एकजनाको उपचार भारतको दरभङ्गामा भइरहेको प्रहरीले जनाएको छ ।
ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>