समाचारमंगलबार, साउन २६, २०७२
देवकोटाको निधनमा शोक प्रस्ताव पारित
संविधानसभाले राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवम् तत्कालीन राष्ट्रियसभाका पूर्व सदस्य राजेश्वर देवकोटाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रस्तुत गरेको शोक प्रस्तावलाई संविधानसभाको २६ साउन बिहानको बैठकले सर्वसम्मतरुपमा पारित गरेको हो ।
शोक प्रस्तावमा भनिएको छ– “संविधानसभाको यो बैठक वरिष्ठ साहित्यकार एवम् राजनीतिज्ञ, पूर्वमन्त्री एवम् २०५२ सालको राष्ट्रियसभामा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट निर्वाचित सदस्य राजेश्वर देवकोटाको ८६ वर्षको उमेरमा न्यूरो अस्पताल, बासबारीमा निमोनिया रोगको उपचारको क्रममा सोमबार निधन भएकोमा गहिरो शोक प्रकट गर्दछ ।”
संविधानसभाको अर्को बैठक आजै बिहान १० बजे बस्ने गरी बैठक स्थगित भएको सभाध्यक्ष नेम्वाङले घोषणा गरे ।
रासस
