समाचारमंगलबार, साउन २६, २०७२

जुम्ला: २० राउण्ड हवाई फायर, दलका कार्यालयमा तोडफोड

हिमालखबर

एकीकृत कर्णाली प्रदेशको माग गर्दै जुम्ला सदरमुकाम खलंगामा जारी प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले २० राउण्ड हवाई फायर गरेको छ भने दर्जनौ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।

प्रहरीको गोली लागि जुम्ला निर्माण व्यवसायी संघका अध्यक्ष राजबहादुर महत घाइते भएका छन् । त्यस्तै आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागि ६ जना प्रहरी घाइते भएका छन् । पाखुरामा गोली लागेका महतको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

आन्दोलनकारीले जिल्लास्थित नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादीका पार्टी कार्यालयमा तोडफोड गरेका छन् भने अहिले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन भइरहेको छ ।

सदरमुकाम खलंगामा आन्दोलनकारी जम्मा हुँदै जाँदा स्थानीय प्रशासनले नेपालगञ्जबाट थप प्रहरी मगाएको छ । नेपालगञ्जबाट सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट आउन लागेको बुझिएको छ ।

आजै विहान आन्दोलनकारीले नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय तोडफोडको प्रयास गर्दा प्रहरीले १२ राउण्ड हवाईफायर गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>