समाचारबुधबार, साउन २७, २०७२
अनेरास्ववियु क्रान्तिकारीद्वारा क्याम्पसमा पेट्रोल बम प्रहार
-सुरजकुमार भूजेल
परीक्षा फारमको विषयलाई लिएर एमाओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले मकवानपुर क्याम्पसमा पेट्रोल बम प्रहार गरेको छ ।
क्रान्तिकारीका क्याम्पस कमिटी अध्यक्ष अमृत बर्तौलासहितको टोलीले पेट्रोल बम प्रहार गरी आगजनी गरेको हो । पेट्रोल बमले क्याम्पस सञ्चालक समितिका अध्यक्ष र सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा क्षति पुगेको छ ।
सञ्चालक समितिको बैठक चलिरहँदा उनीहरुले पेट्रोल बम प्रहार गरेको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पसले भर्ना र मासिक शूल्क नतिरी फारम भर्न नदिने सूचना जारी गरेपछि क्रान्तिकारीले फारम शूल्क मात्रै तिरेर फारम भर्न पाउनुपर्ने माग राखेका थिए ।
घटनामा संलग्न भएको आशंकामा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन क्याम्पस समितिका सचिव राकेश महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।



