समाचारबिहीबार, साउन २८, २०७२
लिम्बुवानको बन्दले पूर्वी नेपालको जनजीवन प्रभावित

तस्वीर: लक्ष्मी गौतम
सरकारसँग भएको सहमति बिपरीत सीमाकंन गरिएको भन्दै संघीय लिम्बुवान पार्टी नेपालले पूर्वका नौ जिल्लामा बन्दको आह्वान गरेको छ ।
पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, झापा, मोरङ, सुनसरी, धनकुटा, सङखुवासभा जिल्लामा आमहडतालको प्रभाव बिहानैबाट परेको छ ।
यी जिल्लामा लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने बजार, पसल, शिक्षण संस्था र कलकारखाना ठप्प छन् ।

तस्वीर: लक्ष्मी गौतम
१८३१ मा भएको ऐतिहासिक लालमोहर सन्धि, १८ फागुन २०६४ र ६ चैतमा भएको पाँच बुँदे सम्झौता उल्लङ्घन गरिएको र चार दलबीच भएको १६ बुँदे सहमतिपश्चात् ल्याइएको पहिचान बिनाको वेनामे प्रदेशको विरोधमा आमहडताल आह्वान गरिएको पार्टीले जनाएको छ ।
लक्ष्मी गौतम, पाँचथर
