समाचारबिहीबार, साउन २८, २०७२

ठूलो घटना हुनसक्छ, सचेत रहौं: दाहाल

हिमालखबर

dahalएमाओेवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानविरोधिले कुनै ठूलो घटना गराउन सक्ने दाबी गर्दै सचेत रहन आग्रह गरेका छन् ।

व्यवस्थापिका–संसद्को बैठकमा सम्बोधन गर्दै दाहालले भने, “ संविधान ठूलो उपलब्धि हो, यसमा मलाई गर्व छ, पश्चाताप छैन, समग्र परिवर्तन तुहाउने र निस्तेज पार्न खोज्ने गरी कतैबाट विरोध प्रदर्शन हुनुहुँदैन ।”

सिद्धान्तहीन आन्दोलन नगर्न आग्रह गर्दै दाहालले कुनै पनि घटना हुन सक्ने परिस्थितिलाई ध्यान दिन आवश्यक रहेको बताए । संविधान जारी गर्न नदिनेहरुको चलखेल बढेको भन्दै ठूला दुर्घटना हुन सक्ने भएकाले राजनीतिक दलहरु सचेत रहनु पर्ने पनि उनले बताए ।

मस्यौदा परिमार्जन भए पनि अब प्रदेश निर्माणमा भएको सहमतिबाट पछाडि हट्न नसकिने भन्दै दाहालले संविधानसभाबाट संविधान नचाहनेहरुले पहाड र मधेश अलग गर्दा पनि नमान्ने र मिसाउन पनि नमान्ने, सीमांकन नगर्दापनि नमान्ने गरेपनि नमान्ने प्रवृत्ति देखिएको बताए ।

“धमिलो पानीमा माछा मारेर केही हुँदैन, पानीमा ढुङ्गा हानेर हुँदैन, देशलाई अन्धकारमा फर्काउने ?
म छातीमा हात राखेर भन्छु उहाँहरुले मधेश प्रदेश चाहिन्छ भन्नुभयो । पहाडलाई राख्न हुँदैन भन्नुभयो, अहिले पहाड राख्नुपर्छ भन्नुहुन्छ, यसको के नियत हो ?” दाहालले प्रश्न गरे ।

जङ्गलमा बाटो बिराएका यात्रीले जस्तै आफूहरुले विगतका आठ वर्ष गुजारेको भन्दै दाहालले थपे, “दिवङ्गत गिरिजाप्रसाद कोइरालाले जङ्गलमा बाटो बिराउँदा उही शुरुकै ठाउँमा पुगिन्छ भन्नुहुन्थ्यो ।”

उनले अगाडि भने, “पहिलो संविधानसभा विघटन हुने समयमा ११ प्रदेश सीमाङ्कनसहित नै थियो तर एकै पटक धेरै अधिकार खोज्ने हाम्रै पार्टीका साथी र सङ्घीयता नचाहने शक्तिका कारण कार्यान्वयन हुन सकेन, अहिले छ प्रदेशमा सहमति भयो, पहिला ११ प्रदेश लागू हुन नदिने तत्वले नै अहिलेको सहमति कार्यान्वयन हुन नदिएको देखिन्छ ।”

उनले अब संविधान आउने सुनिश्चित भइसकेको र त्यो साहस आफूहरु लिएको बताएका थिए ।

उत्पीडित वर्गका अधिकारलाई सुनिश्चित गर्ने थलो संविधानसभा भएकोले परिवर्तनलाई रोक्ने पक्षले मात्र संविधानसभालाई रोक्ने उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>