समाचारबिहीबार, साउन २८, २०७२

हुम्ला बन्द फिर्ता

हिमालखबर

humlaअखण्ड मध्यपश्चिम र प्रान्तीय राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै मङ्गलबारदेखि गरिएको हुम्ला बन्द आज फिर्ता लिइएको छ ।

बन्दका कारण दैनिक उपभोग्य सामग्रीको समेत अभाव र जनजीवन कष्टकर बन्दै गएपछि बन्द फिर्ता लिइएको नेकपा (एमाले)का जिल्ला सचिव लोकबहादुर हमालले जानकारी दिए ।

आन्दोलनका कारण बन्द रहेको एकमात्र यातायातको साधन हवाइ यातायातसमेत आजदेखि सुचारु भएको छ ।

बन्दकर्ताले नेपाल नागरिक उड्डयन कार्यालय बन्द गर्न चेतावनी दिएपछि तीन दिनदेखि हुम्लामा हवाइ जहाज जान सकेको थिएन ।

बन्द खुलेसँगै आज दिउँसो सिम्रिक र गोमा एयरका हवाइजहाजले उडान भरेको नेपाल नागरिक उड्डयन कार्यालय हुम्लाका प्रबन्धक कैलाश शर्माले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>