समाचारशुक्रबार, साउन २९, २०७२
रुपन्देही बन्दले जनजीवन प्रभावित
तराईको भूभागलाई थरुहट प्रदेशको माग गर्दै थरुहट सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण रुपन्देहीको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण रुपन्देहीका सम्पूर्ण बजार पसल, यातायात, शैक्षिक संस्था, उद्योग कलकारखाना पूर्ण रुपमा ठप्प छन् । आन्दोलनका कारण दैनिक मजदुरी गरेर खानु पर्ने सबैभन्दा बढी प्रभावित भएका छन् ।
प्रहरी, एम्बुलेन्स, प्रेस, दूधलगायत अत्यावश्यक बाहेकका गाडीहरु बिहानदेखि सडकमा गुड्न सकेका छैनन् ।
बन्दका कारण छिमेकी मुलुक भारतमा रोजगारी गरी फर्किएका नेपालीलाई गन्तव्यसम्म पुग्न निकै समस्या परेको छ ।
बन्दकर्ता बिहानदेखि भैरहवाको बुद्धचोक, देवकोटा चोक, मिलनचोक, अञ्चलपुरलगायतका स्थानमा जम्मा भएर अवरोध गरिरहेका छन् ।
अहिलेसम्म कुनै पनि स्थानमा अप्रिय घटना भने नघटेको प्रहरीले जनाएको छ ।
रासस
