समाचारशुक्रबार, साउन २९, २०७२
पोखराका कांग्रेस नेता रामजी पौडेलको हत्या
कास्कीको पोखरामा नेपाली कांग्रेसका स्थानीय नेता रामजी पौडेलको हत्या भएको छ ।
कास्कीको लेखनाथ नगरपालिका–१ बरालथरका रामजी पौडेलको शव हात, घाँटी र छातीमा चोट लागेको अवस्थामा पृथ्वी राजमार्ग नजिकै गगनगौडाको भीरमा फेला परेको प्रहरीले जनाएको छ ।
हत्योको विरोधमा उनी समर्थित कार्यकर्ताहरुले पृथ्वीराजमार्गमा चक्काजाम गरेका छन।
५२ वर्षीय पौडेल नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य एवं नेपाल विद्यार्थी संघ कास्कीका पूर्व जिल्ला सभापति थिए । उनले कास्कीको १ नम्बर क्षेत्रको नगर समिति अध्यक्षका लागि उम्मेद्वारी समेत दिएका थिए ।
पार्टीभित्रै दुई समूहबीचको विवादमा पौडेलको हत्या गरिएको हुनसक्ने आशंकामा प्रहरीले नेपाली कांग्रेसकै केही कार्यकर्तालाई पक्राउ गरेको छ ।
पौडेल पार्टीभित्र देउवा समूह निकट थिए ।
