समाचारशुक्रबार, साउन २९, २०७२

राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच बानेश्वरमा झडप, दर्जन बढी घाइते

हिमालखबर

हिन्दू राष्ट्र माग्दै प्रदर्शनमा उत्रिएको राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो । झडपमा परी राप्रपा नेपालका केन्द्रिय सदस्य चिरागमानसिंह कुँवरसहित १७ जना घाइते भएको सहप्रवक्ता मोहन श्रेष्ठले बताए ।

उनका अनुसार घाइतेहरुको बानेश्वरको सिभिल सर्भिस अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले प्रदर्शनकारीलाई अश्रुग्याँस प्रहार गर्दै नियन्त्रणमा लिएको थियो ।

अहिले राप्रपा नेपालका कार्यकताहरु रत्नपार्कतर्फ फर्किएका छन् । पार्टीको पूर्वनिर्धारित कार्यतालिका अनुसार शहीदगेटमा कोणसभाका लागि प्रदर्शनकारीहरु फर्किएका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>