समाचारशुक्रबार, साउन २९, २०७२
प्रभु साहद्वारा मस्यौदा समितिबाट राजीनामा

एमाओवादी सभासद प्रभु साहले संविधान सभा अन्तर्गतको संविधान मस्यौदा समितिबाट राजीनामा गरेका छन्।
समितिका सभापति कृष्ण सिटौलाले मस्यौदा लेखनमा एकलौटी गरेको, सहमतिहरु पालना नगरेको सभासद साहले आरोप लगाएका छन् ।
२८ साउनदेखि समितिले नयाँ संविधानको मस्यौदा तयार गर्ने काम शुरु गरेको छ ।
काम शुरु भएको भोलिपल्ट सभासद साहले समिति सदस्यबाट राजीनामा गरेको पत्र सभापति सिटौलालाई बुझाएका हुन्।
