समाचारसोमबार, साउन ३२, २०७२

जुम्लामा बिहानैदेखि कर्फ्यु, गाउँगाउँबाट खलंगामा भेला हुने क्रम बढ्दो

हिमालखबर

अग्राधिकारसहितको स्वायत्त कर्णाली प्रदेश माग गर्दै जुम्लामा शुरू भएको आन्दोलन हिंसात्मक बन्न थालेपछि स्थानीय प्रशासनले आज ३२ साउनमा पनि सदरमुकाम खलंगामा बिहानैदेखि कर्फ्यू आदेश जारी गरेको छ ।

३१ साउन साँझ ५:३० देखि ३२ साउन विहान ६:३० सम्म लगाइएको कर्फ्यूलाई विहान ८ बजेदेखि फेरि निरन्तर दिंदै अर्को सूचना जारी नभएसम्मका लागि लगाइएको हो ।

प्रदर्शनकारीले आफैं स्थानीय शासन सञ्चालन गर्ने भन्दै ३१ साउनमा जिल्लाका सरकारी कार्यालय कब्जामा लिएपछि प्रहरीले त्यसको प्रतिकार गर्ने क्रममा गोली चलाउँदा ७ जना घाइते भएका थिए । जुम्लामा ८ दिनदेखि लगातार हडताल र प्रदर्शन जारी छ ।

जुम्ला सदरमुकाम खलंगामा स्थिति नियन्त्रणभन्दा बाहिर जाँदै गर्दा थप सशस्त्र प्रहरी समेत मगाइएको छ । यसअघि पनि १२० सशस्त्र प्रहरी कोहलपुरबाट नेपाली सेनाको हेलिकप्टरमार्फत जुम्ला ल्याइसकिएको छ ।

गाउँगाउँबाट सर्वसाधारण आन्दोलनका लागि सदरमुकाम खलंगामा भेला हुने क्रम बढेपछि स्थिति तनावग्रस्त हुँदै गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>