समाचारबिहीबार, भाद्र ३, २०७२

प्रहरी इन्काउन्टरमा ‘कुमार घैंटे’ घाइते

हिमालखबर

मोस्ट वान्टेट सूचीमा रहेका गुन्डा नाइके कुमार घैंटे प्रहरीको इन्काउन्टरमा घाइते भएका छन् ।

काठमाडौंको सामाखुशीमा प्रहरीसँग जम्काभेट हुँदा घैंटेले प्रहरीमाथि गोली चलाएका घैंटे इन्काउन्टरमा घाइते भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंका प्रमुख एसएसपी सर्वेन्द्र खनालले इन्काउन्टरमा घैंटेका दुइजना सहयोगी समेत घाइते भएको हिमालखबरलाई बताए ।

बेलायती दुतावास पूर्वतर्फको गल्लीमा मोटरसाइकलमा रहेका घैंटे र प्रहरीबीच जम्काभेट भएपछि प्रहरीले उनको खानतलासी गर्न खोजेको थियो ।
“त्यहीक्रममा उनले एक्कासि फायर खोले” एसएसपी खनालले भने, “त्यसपछि हाम्रो टोलीले गोली चलायो, उनका दुइतीनजना सहयोगी पनि रहेछन्, उनीहरुले ढुंगामुढा गर्दा दुइजना प्रहरी पनि घाइते छन् ।”

घाइतेहरुलाई अस्पताल पुर्‍याइएको र घैंटेको अबस्था ‘क्रिटिकल’ रहेको खनालले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>