समाचारबिहीबार, भाद्र ३, २०७२
इन्काउन्टरमा ‘कुमार घैंटे’काे मृत्यु
मोस्ट वान्टेट सूचीमा रहेका गुन्डा नाइके कुमार घैंटेको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ ।
काठमाडौंको सामाखुशीमा प्रहरीसँग जम्काभेट हुँदा घैंटेले प्रहरीमाथि गोली चलाएपछि प्रहरी इन्काउन्टरबाट घाइते भएका थिए । घाइते घैंटेको महाराजगञ्जस्थित अस्पतालमा मृत्यु भएको हो ।
अस्पताल स्रोतका अनुसार भर्ना हुनुअघि नै घैंटेको मृत्यु भएको हो । महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंका प्रमुख एसएसपी सर्वेन्द्र खनालले इन्काउन्टरमा घैंटेका दुइजना सहयोगी समेत घाइते भएको हिमालखबरलाई बताए ।
