समाचारबिहीबार, भाद्र ३, २०७२
मन्त्रीहरु अनुपस्थित हुँदा संसद बैठक प्रभावित
विनियोजन विधेयकमाथि जारी छलफलमा कोही पनि मन्त्री नगएपछि बैठक प्रभावित बनेको छ ।
सम्बन्धित मन्त्रालयका मन्त्रीहरु उपस्थित नभएपछि बैठक १५ मिनेटका लागि सभामुख सुवास नेम्वाङले स्थगित गरेका थिए ।
छलफलमा भाग लिन रोस्टम पुगेका नेकपा एमालेका राजेन्द्र पाण्डेले भने, “मैले बोल्ने मन्त्रालयहरुका मन्त्रीहरु यहाँ देख्दिनँ । कसरी भाग लिने सभामुख महोदय ?”
यसपछि बैठकको अध्यक्षता गरिरहेका सभामुख नेम्वाङले “मैले यसअघिका बैठकमा नै रुलिङ गरिसकेको छु, विनियोजन विधेयकमाथि छलफल हुने मन्त्रालयका मन्त्रीहरु बैठकमा उपस्थित हुनुपर्छ, यसको अभावमा बैठकको कारबाही अगाडि बढ्दैन ।”
यो भनाइसँगै उनले बैठक १५ मिनेटका लागि स्थगित गरिएको घोषणा गरे ।
