समाचारशुक्रबार, भाद्र ४, २०७२
आजै संविधानको विधेयक संविधानसभामा पेश गर्ने तयारी
मस्यौदा समितिले आजै नयाँ संविधानको मस्यौदा संविधानसभामा पेश गर्ने तयारी गरेको छ ।
संविधानसभाले दिएको ५ दिनको समयमा अन्तिम मस्यौदा तयार नभएपछि पुनः चार दिनको समय मस्यौदा समितिलाई दिएको थियो । मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले विधेयक आजै पेश हुने बताए ।
संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिले सहमति जुटाएको प्रतिवेदन मस्यौदा समितिमा पुगे पनि मिल्न बाँकी विषयमा शीर्ष नेता सम्मिलित विशेष समितिलाई दिइएको थियो ।
तर, अहिलेसम्म विशेष समितिले धर्म, थ्रेसहोल्ड, नागरिकता र सीमाकंनको विषय मिल्न सकेको छैन । यी विषयमा सहमति खोज्न अहिले पनि विशेष समितिको छलफल जारी छ । विशेष समितिले आजै सहमति जुटाउने जनाएको छ ।
