समाचारशुक्रबार, भाद्र ४, २०७२

गच्छदार पनि आन्दोलनमा जाने !

हिमालखबर

gachhadarसीमाङ्कन सहमति नजिक पुगेको भन्ने नेताहरुको भनाई आइरहेका बेला मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार भने बैठकबाट बाहिरिएका छन् ।

आज सिंहदरबारमा बसेको चार दलका शीर्ष नेता सहभागी विशेष समितिको बैठकमा आफ्ना मागलाई पूर्ण बेवास्ता गर्दै तीन दलका नेताहरु अघि बढ्न खोजेको भन्दै गच्छदार निस्किएका हुन् ।

उनी निस्किएपछि विशेष समितिको बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ ।

“अब तपाइहरुको निर्णयको साक्षी भएर बस्न सक्दैनौं, हामी आफ्नै निर्णयमा अगाडि बढ्छौं ।” गच्छदारलाई उद्धृत गर्दै फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले भने ।

उनले अगाडि भने, “कैलाली कञ्चनपुर नदिने, झापा, मोरंग, सुनसरी पहाडसँग गाभ्ने र नवलपरासी टुक्र्याएको विषयमा पनि सुनुवाई नगर्ने भएपछि हामी आन्दोलनमा जाने निर्णय गरेका हौं ।”

उनले आफ्नो दलको धारणा आजै सार्वजनिक गर्ने जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>