समाचारशुक्रबार, भाद्र ४, २०७२

अखण्ड पक्षधर र थरुहटबीच झडप

हिमालखबर

अखण्ड सूदुरपश्चिम र थरुहट पक्षधरका आन्दोलनकारीबीच कैलालीमा झडप भएको छ ।

कैलालीको दुर्गाैलीस्थित तोरैयापुरमा थरुहट पक्षधरले अखण्ड पक्षधरलाई अवरोध गरेपछि झडप भएको थियो । स्थानीयका अनुसार यो स्थिति नियन्त्रण गर्न प्रहरीले ५ राउण्ड अश्रुग्यास र हवाईफायर गरेको गरेको थियो ।

झडपमा अखण्ड सुदूरपश्चिम पक्षधरका केही घाईते भएका छन् भने एक जना सुरक्षाकर्मी समेत घाईते भएको बताइएको छ ।

उक्त क्षेत्रमा अहिले पनि झडप भैरहेको र स्थिति निकै नै तनावपूर्ण छ । स्थिति नियन्त्रणमा लिन टिकापुर र धनगढीबाट थप सुरक्षाकर्मी पठाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>