समाचारशुक्रबार, भाद्र ४, २०७२
धर्म र थ्रेसहोल्ड बाँकी राखेर विधयेक बुझाइने
मस्यौदा समितिले धर्म र थ्रेसहोल्डको विवाद बाँकी नै राखेर नयाँ संविधानको अन्तिम मस्यौदा बुझाउने भएको छ ।
प्रमुख तीन दलबीच सीमाकंनसहित सात प्रदेशको संघीयतामा सहमति कायम भएपछि मस्यौदा समितिले अहिले ८ बजे अन्तिम मस्यौदा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाउने भएको हो । समितिका अनुसार मस्यौदा समितिले धर्म र थ्रेसहोल्डलाई विवादकै रुपमा विधयेकमा राख्ने भएको छ ।
मस्यौदा तयार पार्न दिइएको पाँच दिनभित्र विधयेक तयार नभएपछि संविधानसभाले थप गरेको चार दिनको समय आजै सकिदैछ ।
-कपिल भट्ट
