समाचारशुक्रबार, भाद्र ४, २०७२

विधयेकमा धर्म निरपेक्षतालाई कायमै राखियो

हिमालखबर

मस्यौदा समितिले धर्म निरपेक्षता राखेर नयाँ संविधानको विधयेक तयार पारेको छ ।

सीमाकंनसहितको सात प्रदेशमा प्रमुख तीन दलबीच सहमति जुटेपछि तयार पारिएको विधयेकमा धर्म निरपेक्षतालाई कायम राखिएको मस्यौदा समिति सदस्य तथा एमाओवादीका सचिव गिरिराजमणि पोखरेलले बताए । उनका अनुसार सहमतिमै धर्म निरपेक्षतालाई कायम राखिएको हो ।

नेपलाी कांग्रेस र नेकपा एमाले बाहेक सवै दलले थ्रेसहोल्ड राख्न नहुने अडानमा रहेपछि यो विषयलाई छलफलकै क्रममा राख्ने सहमति भएको छ ।

पोखरेलले भने, “अहिले अपनाइएको समानुपताकि प्रतिशतका कारण थ्रेसहोल्ड नराख्दा पनि फरक पर्दैन भन्ने तर्क आएको छ, यसलाई संविधानसभामा हुने सैद्धान्तिक छलफलबाट टुंग्याइन्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>