समाचारशनिबार, भाद्र ५, २०७२

भैरहवामा निषेधित क्षेत्र घोषणा

हिमालखबर

रुपन्देही जिल्ला प्रशासन कार्यालयले भैरहवामा बिहान ११ बजेदेखि निषेधित क्षेत्र घोषणा गरेको छ ।

जिल्ला सुरक्षा समिति रुपन्देहीका अध्यक्ष तथा प्रजिअ विष्णु ढकालले शान्ति अमनचयन कायम गर्न पूर्वमा वसन्तपुर गाविस, पश्चिममा गौतम बुद्ध विमानस्थल, उत्तरमा पडसरी र दक्षिण सिमानाका बेलहियासम्म निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिए ।

यसअघि ४ भदौ राती ९ बजेदेखि आज बिहान ४ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको थियो । कर्फ्यू खुलेसँगै स्थिति तनावग्रस्त बन्न थालेपछि स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

आजदेखि पाँच दिनसम्म उक्त क्षेत्रमा जुलुश निकाल्न तथा सभा सम्मेलन गर्न वा सामूहिक भेला हुन रोक लगाइएको ढकालले बताए  ।

शुक्रबार ४ भदौमा आन्दोलनकारीले भैरहवा-लुम्बिनी सडकखण्डको बनगाईमा रहेको प्रहरीको अस्थाई चौकी जलाएका थिए । मर्यादपुर प्रहरी चौकीमा पनि  आक्रमणको प्रयास भएपछि प्रहरीले हवाई फायर गरी आन्दोलनकारीलाई तितरवितर पारेको थियो ।

दश दिनदेखि प्रदेश सीमाङ्कनका विषयमा असहमति जनाउँदै भैरहवामा संयुक्त मधेसी मोर्चाले आन्दोलन गर्दै आएकामा बिहीबार आन्दोलनका क्रममा तोडफोड आगजनी भएपछि स्थानीयवासी प्रतिवादमा उत्रेका थिए ।

* सच्याइएको

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>