समाचारशनिबार, भाद्र ५, २०७२
धिमाल स्वायत्त क्षेत्रको माग

तस्वीर: गोपाल गडतौला
झापा, मोरङ र सुनसरीलाई ‘धिमाल स्वायत्त क्षेत्र’ घोषणा गर्न मागगर्दै धिमालहरुले उर्लाबारीदेखि दमकसम्म नाराजुलुश गरेका छन् ।
धिमाल जातीय बिकास केन्द्रले ५ भदौमा आयोजना गरेको प्रदर्शनका सहभागीले तीन जिल्लालाई धिमाल स्वायत्त क्षेत्र घोषणा नगरिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
पूर्वपश्चिम राजमार्गको ६ किलोमिटर खण्डमा धिमालहरुले नाराबाजी गर्दा राजमार्ग यातायात एकतर्फी गरिएको थियो ।
प्राचिन कालदेखि पूर्वका तीन सिमान्त जिल्लामा बसोबास गर्दैआएका धिमाल समुदायको जनसंख्या करिब ५० हजार छ ।
गोपाल गडतौला, झापा
