समाचारशनिबार, भाद्र ५, २०७२

जुम्लामा खुशीयाली जुलुस

हिमालखबर

प्रमुख राजनीतिक दलहरुले कर्णालीवासीको आन्दोलनलाई सम्बोधन गरेको भन्दै जुम्लावासीले खुशियाली मनाएका छन् ।

कर्णालीलाई सुदूरपश्चिममा नगाभ्न र विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेश घोषणाको माग राख्दै सिङ्गो कर्णालीवासी १२ दिनसम्म आन्दोलनरत थिए ।

आन्दोलनको १३ औँ दिनमा सरकारले कर्णालीका पाँच जिल्ला, भेरीका तीन र राप्तीका दुईवटा जिल्लालाई छैठौँ प्रदेशका रुपमा कायम गरेको अवसरमा जुम्लामा खुशीयाली जुलुस निकालिएको हो ।

जुलुसमा सर्वदलीय सर्वपक्षीय संयुक्त आन्दोलन परिचालन कमिटी जुम्लाको तर्फबाट भगवती श्रेष्ठले प्रमुख दलहरुले कर्णालीवासीको आन्दोलनलाई सम्मान गरेको भन्दै धन्यवाद व्यक्त गरिन् ।

एमाओवादी जुम्लाका जिल्ला अध्यक्ष वीरबहादुर कुँवरले करिब दुईसातासम्म चलेको कर्णाली आन्दोलनले केही सफलता हासिल गरे पनि विशेषअधिकारका लागि दबाब भने दिइरहनु पर्ने बताए ।

आन्दोलनका लागि गाउँगाउँबाट सदरमुकाम खलंगा आएका जुम्लाबासी पनि नयाँ सीमाङ्कनमा भएको पछिल्लो सहमतिपछि घर फर्किन थालेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>