समाचारआइतबार, भाद्र ६, २०७२
राजधानीमा बन्दको आंशिक प्रभाव
नेपाल आदिवासी जनजाति महासङ्घले आह्वान गरेको बन्दको प्रभाव राजधानीमा निकै कम परेको छ ।
उपत्यकाका सडकमा ठूला सवारी साधन अरु दिनभन्दा कम देखिए पनि मोटरसाइकल, ट्याम्पु, माइक्रो बस र ट्याक्सी प्रशस्तै गुडेका छन् ।
मुख्य सडककै पसलहरु समेत खुलेका छन् ।
प्रहरीले बन्द गराउँदै हिँडेका महासङ्घका ६० जनाभन्दा बढी कार्यकर्तालाई राजधानीका विभिन्न ठाउँबा६ पक्राउ गरेको छ ।
पहिचानका आधारमा प्रदेशको सीमाङ्कन गर्नुपर्ने, आदिवासी जनजाति आयोग गठन गर्नुपर्ने लगायत माग राखी बन्द आह्वान गरिएको हो ।
विभिन्न राजनीतिक दलले संयुक्त रुपमा आज आयोजना गरेको नेपाल बन्दका कारण उपत्यकाबाट लामो दूरीका लागि छुट्ने भाडाका सवारीसाधन तथा निजी साधन भने सञ्चालन हुन सकेको छैन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विभिन्न नाका भएर उपत्यकाका भित्रने सवारीसाधनमा समेत कमी आएको छ ।
