समाचारआइतबार, भाद्र ६, २०७२
चारसय गाडी सुरक्षा घेरामा गन्तव्यसम्म
संयुक्त मधेसी मोर्चाको अनिश्चितकालीन बन्दका कारण अलपत्र परेका चार सय गाडीलाई सुरक्षा निकायले गन्तव्यसम्म पुर्याउँदै आएको छ ।
५ भदौ साँझ सिरहाको बन्दीपुरबाट पूर्वतर्फ आउने १२४ यात्रुवाहक बस, ७८ मालवाहक ट्रक र ३६ निजी सवारीसाधनलाई सुनसरी, मोरङ र झापासम्म पुर्याइएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
त्यस्तै पूर्वबाट पश्चिमतर्फ जाने ६८ बस, २८ ट्रक र १५ निजी सवारीसाधनलाई सिरहाको बन्दीपुरसम्म पुर्याइएको छ ।
सोही क्रममा ५ भदौ साँझ सुनसरीको दुहवी–५ मा बन्दकर्ताले इन्धन ढुवानी गर्ने ना२ख ४३५१ न्ंको ट्याङ्करमाथि ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा फुटेको छ ।
रासस
