समाचारआइतबार, भाद्र ६, २०७२

न्यायाधीश बमका हत्यारा साउदीबाट ल्याइए

हिमालखबर

sanjayसर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि गोली हान्ने सुटर भगवान भन्ने सञ्जय स्माइली मगरलाई केन्द्रीय अनुसन्धान ब्यूरोले साउदी अरबबाट काठमाडौं ल्याएको छ ।

साउदी अरबमा पक्राउ परेका स्माइलीलाई नयाँदिल्ली हुँदै ६ भदौ विहान काठमाडौं ल्याइएको हो ।

इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी भएका मगरलाई साउदी प्रहरीले पक्राउ गरेपछि जेल परेका थिए ।

चुरे भावरका तत्कालीन उपाध्यक्ष बाबु थापाको योजनामा भएको हत्यामा संलग्न थापासहित चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

न्यायाधीश बममाथि गोली हान्ने सुटर रामेछापका स्माइली भने रोजगारीका लागि साउदी अरब पुगेका थिए ।
उनलाई लिन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) साउदी पुगेको थियो।

सर्वोच्च अदालतका न्यायाधीश बमको १८ जेठ ०६९ मा ललितपुरको यूएन पार्क नजिकै गोली हानी हत्या भएको थियो ।

* सच्याइएको

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>